बझाङमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढ्दो

title
सोमवार, फाल्गुन २७, २०७५

सम्राट सिंह  । बझाङमा ३१ सय ३७ घर परिवारले स्वास्थ्य बिमा गरेका छन । नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँच पु¥याउने उद्येश्यले ल्याएको स्वास्थ्य विमा अति गरिब परिवारलाई निशुल्क गरीएको छ ।

गरिब परिचयपत्रको आधारमा निशुल्क स्वास्थ्य बिमा गर्न थालेपछि अति गरिब परिवारहरुको स्वास्थ्य बिमा गर्ने संख्यामा बृद्घि भएको छ । बझाङमा हालसम्म ३१ सय ३७ अति गरिब परिवारका १७ हजार ७ सय ३९ जनाले र ७ सय ५४ परिवारका ३६ सय ३८ जनाले बिमा रकम तिरेर स्वास्थ्य बिमा गरेका छन ।

१० महिनामा बझाङमा कुल जनसंख्याको ११ प्रतिशत मानिसहरुले स्वास्थ्य बिमा गरिसकेको स्वास्थ्य बिमा बझाङका दर्ता अधिकारी खगेन्द्र भट्टले जानकारी दिए ।गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने स्वास्थ्य बिमाको मुल निति रहेको उहाँले बताउनुभयो । तर अशिक्षित भन्दा शिक्षितहरुले नै स्वास्थ्य विमा गर्न चाँसो नदेखाएको भट्टले बताए ।

भाद्र १ गतेबाट अहिलेसम्म १ हजार ७५ जना बिमकले निशुल्क अस्पतालबाट सेवा सुविधा लिएको स्वास्थ्य बिमा बझाङको तथ्यांकमा छ । जिल्लामा भनेजति निशुल्क पाइने औषधिहरु समेत नपाउने, अस्पतालको फार्मेसी निउँदो मात्र सञ्चालन हुदाँ समस्या भएको विमक रामबिर बोहराले बताए ।