
आगामी वैशाख १५ गते हुन लागेको बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा उपनिर्वाचनका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ । शनिबार दिउँसो साढे १ बजेसम्म राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही र नेश्नल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरको उम्मेदवारी दर्ता भएको छ भने अन्य दलबाट पनि उम्मेदवारी दर्ता हुने क्रममा रहेको छ ।