
काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ५ जनाले दर्ज्यानी चिन्ह लगाएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी धिरज प्रताप सिंहले उनीहरूलाई फुली लगाइदिएका हुन् ।
चैत ६ मा मन्त्रिपरिषद्ले टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा समितिले फागुन २६ मा उनीहरूलाई बढुवा सिफारिस गरेको थियो ।
अतिरिक्त महानिरीक्षकमा बढुवा हुने पहिलो नम्बरमा वसन्त कुँवर छन् । बढुवा भएका मध्ये एकजनालाई बिहीबार बस्ने मन्त्रीपरिषद्ले आईजीपीमा नियुक्त गर्दै छ ।