बन्दले प्रदेश १ को जनजीवन प्रभावित

title
मङ्लबार, साउन २२, २०७५

धनकुटा । पूर्वमा क्रियाशील चार राजनीतिक दलले आह्वान गरेको प्रदेश १ बन्दका कारण जनजीवन प्रभावित बनेको छ। बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।

बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्ला धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभामा बढी मात्रामा परेको छ। सुनसरी, मोरङ, झापा, इलाम, भोजपुर, सोलुखुम्बु, उदयपुर, खोटाङ र ओखलढुंगामा पनि बन्दकाे अांशिक प्रभाव परेकाे छ।

 बन्द प्रभाव परेका जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन्। अन्य जिल्लामा लामो दूरीका सवारी साधन चले पनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा आएका छन् ।

आफूलाई पहिचानवादी राजनीतिक दलका रुपमा चिनाउने राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्वुवान पार्टी, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता पार्टीले बन्द आयोजना गरेको हुन्।