बबिता बनिन् मिस गुरुङ ईन्टरनेशनल

title
आइतवार, साउन २०, २०७५

काठमाडाै । मिस गुरुङ ईन्टरनेशनल सिजन–२ को उपाधि बबिता गुरुङले जितेकी छिन् । प्रतियोगितामा सहभागी १४ प्रतिस्पर्धीलाई उछिन्दै बबिताले उपाधि हात पार्न सफल भएकी हुन् । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगिताको फस्र्ट रनर अप तलिसा गुरुङ र सेकेण्ड रनरअपको उपाधि अलिशा गुरुङले हात पारे ।

प्रमुख अथिति समेत रहनुभएका सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले विजेताहरुलाई ताज पहि¥याइदिएका थिए ।  गुरुङ समुदायका युवतीहरुको व्यक्तित्व विकास, कला संस्कृति तथा भाषको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न विधामा समेत पुरस्कार प्रदान गरिएको थियो भने वरिष्ठ कलाकारहरुले दर्शकमाझ सांगीतिक प्रस्तुती पस्केका थिए ।  ‘मिस गुरुङ इन्टरनेशनल २०१८’ को ताज जितेपछि उत्साहित भएकी बबिताले यस्ता कार्यक्रमले गुरुङ समुदायका युवतीको व्यक्तित्व विकासमा टेवा पुग्ने प्रतिक्रिया दिइन् । साथै उनले मोडलिङ क्षेत्रप्रति समुदायमा रहेको नकारात्मता सोचलाई परिवर्तन गर्न यस किसिमका प्रतियोगिताले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने बताइन् ।

प्रतियोगिताको विजेता तथा उपबिजेतालेहरुले स्कुटर, फेशन डिजाईनरमा शत प्रतिशत स्कलरसिप, थाइल्याण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने छन् ।

त्यस्तै उनीहरुले चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउने आयोजक मृगतृष्णा फेशन हाउसकी सीइओ तृष्णा गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा मुख्य निर्णयक भुमिकामा गणेशमान गुरुङ, सुवास गुरुङ, बुद्धि गुरुङ, कमला गुरुङ, अनुप पहारी, प्रितम गुरुङ र धन गुरुङले रहेका थिए ।

यसअघि मिस गुरुङ्ग इन्टरनेशनल प्रतियोगीताको अडिसन काठमाडौ लगायत देशका मुख्य शहर नवलपरासीको कावासोती, पोखरा, लमजुङ, धरान, ईटहरी तथा नेपालगंज युवतीहरुको छनौट प्रक्रियाका लागि अडिसन गरिएको थियो । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षणमा सञ्चार दक्षता, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो ।