बर्तमान सरकारलाई चूनौती र अबसर दुबै छ : प्रदेश ३ का मुख्यमन्त्री पौडेल

title
शनिबार, भदौ २, २०७५

रुपेश/मकवानपुर । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले बर्तमान सरकारलाई चूनौती र अबसर रहेको बताउनुभएको छ ।

आज काठमाडौमा आयोजीत मदन भण्डारी फाउण्डेशनको दोश्रो राष्ट्रिय सम्मेलनमा उहाले चार बर्षको अबधीमा सरकारले मुलुकको समृद्धिलाई अबसरका रुपमा लिनुपर्ने बताउनुभयो । चार बर्षको अवधीमा सरकारले गर्नुपर्ने धेरै काम बाकी रहेको भन्दै सरकारको गतिलाई तिव्रता दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहांले सरकार अघि बढ्न खोज्दा कानुनी अड्चन आउने गरेको भन्दै यसलाई चिर्र्दै सरकार मुलुकको बिकासको बाटोमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । काग्रेसले बिना कारण सरकारको आलोचना गरेको भन्दै उहांले सकारात्मक बन्न सुझाव पनि दिनुभयो ।

मुख्यमन्त्री पौडेलले सरकारले ६ महिनाको अवधीमा गरेका राम्रा काम जनतासमक्ष पु¥याउन र नराम्रो कामको रचनात्मक आलोचना गर्न आग्रह गर्नुभयो ।