बर्षायाम सुरु भएसँगै रोल्पाका ग्रामीण सडक अवरुद्ध

title
आइतवार, साउन २०, २०७५

भरत नेपाली/रोल्पा । बर्षायाम सुरु भएसँगै रोल्पाका ग्रामीण सडक अवरुद्ध भएका छन् ।

जिल्लाका आन्तरिक सडकहरु पहिरोका कारण अवरुद्ध भएका हुन । जिल्लाको शहिदमार्ग सडक खण्डको घोराही होलेरी घर्तीगाउँ हुँदै दुईखोली जोड्ने सडकखण्डको बिचबिचमा सडक पहिरोले अबरुद्ध गरेको छ ।

त्यस्तै जिल्लाका अन्य आन्तरिक सडकहरु पनि अवरुद्ध हुन थालेका छन् । जिल्लाको होलेरी उघा हुँदै लिबाङी आँपसम्मको सडक खण्डमा पहिरो गएपछि गाडी चल्न सकेको छैन ।सुलिचौर रुइनिबाङ हुदै पुलीवन जोड्ने सडक पनि एक हप्तादेखी अबरुद्ध भएको छ । जिल्लाका ग्रामिण सडकहरु वर्षायाममा अवरुद्ध हुँदा स्थानीयहरुले सास्ती खेप्नु परेको छ ।

ग्रामीण सडक बाह्रै महिना गाडी चल्न सक्ने बनाउनको लागि स्थानीय तहले बजेट छुट्याइएको भए तापनि वर्षायाममा पहिरोले हिड्डुल गर्न समेत कठिन हुने गरेका छन् ।