बलात्कारबाट जोगिन आत्मरक्षा अभियान

title
बिहिबार, अशोज ४, २०७५

काठमाडौं । समाजमा बलात्कारका घटना बढिरहेका छन् । किशोरीलाई प्रलोभनमा पारेर बलात्कारको प्रयास भए कसरी प्रतिरक्षा गर्ने, बलात्कारीको कुन अंगमा प्रहार गर्दा बलात्कारबाट जोगिन सकिन्छ रु यस्तै सिकाइ अभियान पनि मुलुकमा शुरु भएको छ ।

पश्चिम र पूर्वी नवलपरासीमा यस्तो अभियान चलाइएको छ । किशोरीहरुलाई प्रतिरक्षा अभियान नै चलाइएको छ । महिला हिंसाविरुद्ध चलाइएको अभियानमा परिआए प्रतिकार गर्न सक्ने बनाउने तालिम दिनेहरुको लक्ष्य छ ।

बालक्लब र युवा क्लबमा आवद्ध किशोरीलाई यस्तो प्रशिक्षण दिइएको हो । परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित राख्ने भन्ने अभियानको उद्देश्य छ । कान्तिपुरमा समाचार छ ।