बलात्कार र चोरीको अभियोगमा दुईजना पक्राउ

title
आइतवार, पुस १, २०७५

रुकुम पश्चिममा चोरीको आरोपमा एक युवा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउ“पालिका–५ हुकामका १९ बर्षिय बिजय मल्ल रहेका छन । उनले रुकुम पश्चिम त्रिबेणी गाउ“पालिका–३ झुल्नेटा स्थित डिल्लीबहादुर खड्काको ईलेक्ट्रोनिक पसल र सोही ठाउ“कै संगम सुनचा“दी पसल तोडफोड गरी चोरी गरेका हुन । दुई पसलबाट २ लाख पचास हजार बढीको नगद तथा सरसमान चोरी भएको सूचना प्रहरीलाई गएपछि प्रहरीले चोरीमा संलग्न बिजय मल्ललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक सुमित खड्काका अनुसार उनको साथबाट प्रहरीले ५ हजार ८ सय ३५ नगद, बिभिन्न मोवाईल सेट पा“च थानसंगै क्यामरा, रिचार्ड कार्ड, घडि र ताला फोड्न प्रयोग गरिएका समानहरु पनि बरामद गरिएको छ । यसैबीच, रुकुम पश्चिममा आफ्नै गोठमा बाख्रा बा“ध्न गएकी एक बालिकाको बलात्कार भएको छ ।

बलात्कारको अभियोगमा रुकुम पूर्व भूमे गाउ“पालिका–९ चुनवाङका २१ वर्षीय मनोज ओलीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका ओलीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मेलन गरी सार्वजनिक ग¥यो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काका अनुसार ओलीले सानीभेरी गाउ“पालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरेका हुन ।

उनी चुनबाङबाट बिहेमा जन्तीका लागि सानीभेरी गाउ“पालिकामा पुगेका थिए । पक्राउ परेका ओलीमाथी थप अनुसन्धान भइरहेको र प्रचलित कानुन अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।