बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

title
आइतवार, पुस २९, २०७५

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ पुरानो कावासोतीमा आईतवार विहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७९२८ नम्बरको बसले बाटो क्रस गर्न लागेको ना ४९ प २२०७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रौतहट गोमरिया घर भई हाल कावासोती ९ मा बसी मिस्त्री काम गर्ने ३५ बर्षीया डमेन्द्र यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको उपचारको क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा निधन भएको हो । बस र बस चालक जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्व कावासोतीको नियन्त्रणमा रहेको जिल्ला प्रहरीले जनाएको छ ।