बुढासुब्बा गोल्डकपः संकटा अन्तिम चारमा प्रवेश

title
सोमवार, माघ २८, २०७५

ध्रुव ढकाल । सुनसरी । आइतबार बराबरीमा रोकिएको २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सिएमजि संकटा क्लबले सडन डेथमा जित हातपार्दै अन्तिम चारमा पुगेको छ ।

मेची नेत्रालय केएफटिसि झापालाई सोमबार विहान सडन डेथमा हराउदै संकटा सेमीफाइनल यात्रा तय गरेको हो । दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भए सगै दोस्रो प्रहारमा झापाका दिलेन लोक्ताम गोल गर्न चुक्दा संकटाका सेड्रिक अबाले निर्णयक गोल गर्दै आफ्ना टिमलाई अन्तिम चारमा पुर्याए । लोक्तामको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके । उनीहरुभन्दा अघि संकटाका अमित तामाङ र झापाका पुजन उपरकोटीको प्रहार गोलमा परिणत भएको थियो ।

आइतबार दिउँसो निर्धारित समयको उद्घाटन खेल २ २ गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि टाइब्रकेरमा ५ पेनाल्टी प्रहार भएपनि दुवै टिमबाट ४। ४ गोल भयो । त्यसपछि सडन डेथमा समेत बराबरी भएको थियो ।

सडन डेथबाट पनि खेलको निर्णय नभएपछि र लाइट(प्रकाश)को पनि अभावले दुवै टिमको सहमतिमा आयोजकले सोमबार आज विहान का लागी खेल सारिएको थियो । खेलको खेलको म्यान अफ दि म्याच घोषित हुदै संकटाका गोल रक्षक राजावाबु थापाले नगद १५ हजार नगद पाए उनलाई क्लबका अध्यक्ष किसोर राईले प्रदान गरे ।