बस दुर्घटनामा एक जनाको ज्यान गयाे,३१ जना घाइते, ७ को अवस्था गम्भीर

title
सोमवार, असार २, २०७६

मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

चितवनबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ४०१५ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा भने अरु ३१ जना घाइते भएका छन् ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।