बस दुर्घटनामा ४२ जना घाइते, ५ जनाको अवस्था गम्भीर

title
शनिबार, भदौ ३०, २०७५

सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो ब्यूरेनीमा शनिवार भएको बस दुर्घटनामा ४२ जना घाइते भएका छन् ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको बा ३ ख ६२१२ नम्वरको बस र नेपालगञ्जबाट दैलेख आउँदै गरेको ना ४ ख ७०२४ नम्वरको बस दिउँसो वीरेन्द्रनगरको ठूलो ब्यूरेनी मोडमा ठोक्कीएका हुन् ।

घाइतेहरुको स्थानीय नर्सिङ्ग होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाईत मध्ये ५ जनाको अवस्था गम्भीर छ ।