बस दुर्घटनामा ६० जनाको मृत्यु, घाइते २८ जनाको उपचार जारी

title
शनिबार, चैत्र ९, २०७५

एजेन्सी । दुई बस एक आपसमा ठोक्किँदा शुक्रबार घानामा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।

राजधानी कारकासदेखि ४ सय ३० किलोमिटर टाढा पर्ने बोनो पूर्वी क्षेत्रमा स्थानीय समय अनुसार राती २ बजे बस दुर्घटना भएको हो । एक आपसमा ठोक्किएका बस मध्ये एउटा जलेर पूर्ण रुपमा नष्ट भएको छ भने अर्को क्षतिग्रस्त भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिनुभयो ।

बसमा पचास पचास जना यात्रु रहेका थिए । ठोक्किएर बसमा आगलागी भएपछि यात्रुहरु बस भित्रै जलेका थिए । दुर्घटनामा परी घाइते भएका २८ जनाको उपचार भइरहेको किन्ताम्पो सरकारी अस्पतालका चिकित्सक अवामे अर्हिमले जानकारी दिनुभयो । घाईते मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार एउटा बसका चालकले नियन्त्रण गुमाएपछि त्यो बस अर्को बससँग ठोक्किएपछि दुर्घटना भएको हो । स्थानीय प्रहरी अधिकारीहरूका अनुसार यो दुर्घटना देशकै पछिल्लो समयको सवैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना हो ।