बस दुर्घटना हुँदा १४ जना घाइते

बिहिबार, अशोज ४, २०७५

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
काठमाण्डौँबाट लालबन्दी जाँदै गरेको बा ३ ख ३४११ नम्बरको बस र काँकडभिताबाट बुटवल जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस एक आपसमा ठोक्किदा र्दुघटना भएको हो । दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राजमार्गमा रहेका खाल्डाखुल्डी छलाउन खोज्दा दुर्घटना भएको हुने सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।