बस र मोटरसाईकल ठोक्कीदा धादिङमा १ जनाको मृत्यु २ जना घाईते

title
आइतवार, साउन ६, २०७५

सृजना लम्साल, धादिङ । साउन । धादिङको कालुपाण्डेमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका वडा नं. ६ परेवाटारमा वस र मोटरसाईकल एक आपसमा ठोकिक्दा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाईते भएको छन् ।

धादिङवाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ९२ प ८११० नम्वरको मोटरसाईकल र मलेखुवाट धादिङबेशी तर्फ आउदै गरेको बा २ क ८९९६ नम्वरको वसमा एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइते भएका अन्दाजी २५ वर्षिय सुजत भण्डारीको उपचारको लागि काठमाण्डौ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ज्वालामुखी गाउँपालिका वडा नं ४ का अन्दाजी २६ वर्षिय अर्जुन पोखरेल र ८ वर्षिय अभिषेक भण्डारीको भने गजुरी अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि काठमाण्डौ पठाइएको छ । घाईते मध्ये ८ वर्षीय अभिषेक भण्डारीको अवस्था गम्भिर रहेको छ ।