बहुमतको दम्भमा सरकार अधिनायवादी बन्यो– अध्यक्ष राणा

title
बिहिबार, असार २१, २०७५

भक्तपुर । राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाउनु भएको छ ।

रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृहमन्त्रीले डाक्टर गोबिन्द के.सी.प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताउनु भयो । उहाँले जनताको पक्षमा लडिरहेको के.सी. अधिनाकबादी हुने र जनताको बिरोध गर्न पाउने मौलिक अधिकारलाई कुण्ठित गर्ने सरकार लोकतन्त्रबादी हुने भन्दै ब्यंङ्ग गर्नु भयो ।

वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पति सुद्धिकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने अधिनायकवादि प्रबृतिको संकेत भएको उहाँले बताउनु भयो ।

राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुँगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकिकरणको मूल सिदान्तको समेत खिल्ली उडाएको बताउनु भयो । केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोगले र डाक्टर केसीले सिफारिस गरेको प्रवाधान सहितको बिधेयक पारित नभएसम्म मेडिकल माफियाहरुको राज चलिरहने उहाँले बताउनु भयो ।

उहाँले सरकारले बजार नियन्त्रण गर्न नसक्दा नेपाली जनताको ढाड सेकिएको र आकासिँदै गएको बजार मूल्यलाई नियन्त्रण गर्दै आपुर्ती बढाउने तर्फ अग्रसर बन्नु पर्नेमा जोड दिनु भयो ।