बागलुङमा खसीबोकाको मुल्य बृद्धि

title
मङ्लबार, अशोज ३०, २०७५

काठमाडौं । बागलुङमा पनि खसीबोकाको मुल्य बृद्धि हुदा सर्वसाधारण मर्कामा परेका छन । दशैको लागि मुस्ताङ, ढोरपाटन लगाएतका स्थानबाट खसी च्याङग्रा कम आयात भएपछि सर्वसाधारणहरु महंगो मुल्य तिरेर खरिद गर्न बाध्य भएका छन ।

व्यापारीले भने अनुसारको मुल्य तिरेर सर्वसाधारणहरु भेडा, च्याङग्रा,खसी खरिद गर्न बाध्य भएका छन । गत बर्ष एउटा प्रति च्याङग्रा २१ देखि २४ हजार रुपैया सम्ममा पाईने गरेकोमा यस बर्ष २६ देखि २८ हजार रुपैया सम्म तिर्न सर्वसाधारण तिरेका छन ।

लेकमा पाईने भेडा, च्याङग्राले स्थानिय जडिबुटि खाएको हुदा त्यसको मासु स्वास्थ्यको लागि राम्रो हुने कारण पनि दशैमा भेडा, च्याङग्राको मासु खाने गरेको सर्वसाधारणको भनाइ छ ।

बागलुङमा मुस्ताङको कोरल्ला नाका हुँदै तिब्बतबाट भित्रिने खसी च्याङग्रा यस बर्ष कम आएका छन । खरिदको लागि व्यापारीहरु मुस्ताङ,ढोरपाटनमा पुगेपनि त्यहा प्रशस्त नपाईने, पाईएपनि मंहगो मुल्य तिर्नुपर्ने तथा स्थानिय तहमा कर तिनुपर्ने भएपछि पहिला भन्दा अहिले भारी बृद्धि भएको व्यापारी यामबहादुर केसीले बताउनुभयो ।

भेडा,च्याङग्रा ल्याए बापत मुस्ताङको घासा,म्याग्दीको तातोपानी लगाएतका स्थानमा कर तिर्दा आफुहरुले मुल्य बृद्धि गर्नुपरेको व्यापारी बताउछन ।