बाग्मती शुद्ध कहिले हुन्छ ?

title
मङ्लबार, पुस २४, २०७५

शिखा श्रेष्ठ । ऐतिहासिक तथा धार्मिक महत्वसंगै काठमाडौ उपत्यकाको सभ्यता विकाससंग जोडीएको बाग्मतीमा जीवन फर्काउने अभियान थालीएको ५ बर्ष बितेको छ । पवित्र नदिमा पानीको साटो ढल बग्न थालेपछि थालीएको सफाई तथा सुद्धिकरण अभियान समेत चलाईएको छ । सफाईका नाममा सयौं संघ–संस्थाले बाग्मती शिर्षकमा करोडौ बगाएका छन् तर बाग्मतीमा अहिले पनि पानी बग्दैन ।

त्यसोत, काठमाडौं उपत्यकाको सिंगो सभ्यता विकासको साक्षी बाग्मती नदी । उच्च सांस्कृतिक, धार्मिक तथा सभ्यताको धरोहर मानिन्छ । जसलाई जीवन्त राख्न र नदिसंग जोडीएको सभ्यता जोगाउन ५ वर्षयता हरेक शनीवार बाग्मती सफाई अभियान चलाईंदै आएको छ ।

२ सय ९५ औं हप्तादेखि जारी अभियानले बाग्मतीको बहावलाई केहि सामान्य बनाएपनि लगानी अनुसारको प्रगति देखिएको छैन । यो बीचमा बाग्मतिको बहाव प्राकृतिक बनाउन र पानी सफा बनाउन एशियाली विकास बैंकको सहयोगमा ढल व्यवस्थापन गरी उपत्यकाको विभिन्न ६ स्थानमा पानी प्रशोधन केन्द्र बनाउने योजना यो बीचमा कार्यान्वयन मै आएको छैन ।

गुह्येश्वरीमा सञ्चालीत ढल प्रशोधन केन्द्रलाको स्तरउन्नती गरेर वैशाख देखी पुनः सञ्चालनमा ल्याउने योजना समेत पुरा भएको छैन । यो केन्द्र सञ्चालनमा आएपछि पनि बाग्मतीमा शुद्ध पानी बगाउन अझै ५ वर्ष लाग्ने छ । ढलमतिका रुपमा प्रदुषित् बनेको बाग्मतीमा जीवन फर्काउने र सफा पानी बगाउने योजना प्रति सरकार नै प्रतिबद्ध नबनेकाले फोहोर तथा ढल व्यवस्थापनको काम लम्विएको सरोकारवालाहरु बताउंछन् ।

अधिकार सम्पन्न बाग्मती सुधार आयोजनाका अनुसार नदि सफा पार्ने काममा दर्जनौं संघ संस्था क्रियाशील छन् भने फोहोरमैला व्यवस्थापनको जिम्मा महानगरले लिएको छ । तर जनसंख्या वृद्धि, सरकारी उदासिनता, चेतनाको अभाव जस्ता कारणले बाग्मती लगाएतका शहरी नदी नाला गांजीएको वातावरणविद्हरु बताउंछन् ।

बाग्मतीलाई सफा स्वच्छ र शुद्ध बनाउने प्रयोजन कै लागि यो वर्ष मात्रै सरकारले १ अर्व ५८ करोड २० लाख ५५ हजार रुपैयाँ छुट्याएको छ । यसरी वर्षेनी अर्वौ रकम बाग्मतीका नाममा खर्च हुन थालेको बर्षौं बितेपनि बाग्मती न जलचर मैत्री बनेको छ न वातावरण मैत्री नै देखिएको छ । जुन अवस्थाबाट उपत्यकाका विभिन्न भागबाट बग्ने मुख्य तथा सहायक नदीहरु गुज्रिरहेका छन् ।