बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित

title
शनिबार, फाल्गुन ४, २०७५

प्रेम बिक/बाजुरा । बाजुरामा फेरि हिमपात भएको छ ।

माथिल्लो हिमाली भेगदेखि मार्तडी सदरमुकाम र कोल्टी क्षेत्रको कर्णाणी नदिका आसपासका बस्ती सम्म हिमपात परेको हो । हिमपातले किसानलाई राहत, स्थानीय पर्यटकलाई खुशी दिएपनि उत्तरीभेग र सदरमुकामतिरका बासिन्दा भने समस्यामा परेका छन् । दैनिक उपभोग्य सामान समेत आपूर्ति नहुँदा समस्या भएको हो ।

आन्तरिक पर्यटनको महिमा प्रष्ट्याउने र पोरखे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय लागेका छन् । पोरखे क्षेत्रको प्रवद्र्धन हुने विश्वासका साथ ७ नम्बर वडा बासीले आलु, मकै, जौँका माला, लालीगुराँसका फुलको अभिनन्दन सहित पर्यटन प्रवद्र्धनमा लागेका हुन् ।

बडीमालिका नगरपालिकाले गरेको पोरखे पैदल यात्रा कार्यक्रम गरी स्थानीयले पर्यटन प्रवद्र्धनमा लाग्नुपर्नेमा जोड दिएका थिए ।