बाजुरामा बाढी–पहिरोको वितण्डा

title
आइतवार, भदौ ३, २०७५

प्रेम बि.क/बाजुरा

बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ कुडीमो पहिरोले घर पुरिँदा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय कला परी रहेकी छन् भने उनका पति नन्दे परी घाइते भएका छन् । त्यस्तै घट्टे खोलामा आएको बाढीले बगाएर ७ वर्षीया १ बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सागर बोहराले जानकारी दिए ।

बेपत्ता हुनेमा बुढीगंगा नगरपालिका साविकको ब्रहमतोला गा वि स वडा २ ताप्रा निवासी मान बहादुर थापाको छोरा ७ वर्षीय छोरा बिराज थापा रहेका छन् । निज बालकको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक कबेन्द्र बोहराले बताए ।

केही साता यता परेको अविरल वर्षाका कारण बाजुरा जिल्लाका अधिकांश क्षेत्र बाढी र पहिरोको जोखिममा रहेका छन् । निरन्तर वर्षातसंगै आएको बाढी पहिरोका कारण सदरमुकामसम्मको साँफे मार्तडीसडक खण्ड अन्तरगत ताँप्री सेरादेखि मार्तडीसम्मको १८ किलोमिटर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

बडीमालिका नगरपालिका वडा नं.९ उखाडीमा रहेको दलित बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेको पीडित सँउरे लवारले बताए । त्यसैगरी बुढीनन्दा नगरपालिका वडा नं. १ का विभिन्न ठाउँमा पहिरो गएको छ ।

पीपलडालीको धुच्यानी बस्ती जोखिममा

बुढीनन्दा नगरपालिका वडा नं १ पीपलडालीको धुच्यानी बस्ती पनि पहिरोको जोखिममा रहेको छ । बस्तीमाथिबाट ढुङ्गा खस्न थालेपछि स्थानीय त्रसिद बनेका छन् ।

चिउ¥याखोलाको भिरमाथिबाट आएका ढुङ्गा घरका छतमा बजारीएपछि रातको समयमा भागाभाग मच्चिएको स्थानीय पिडित नरदीप ओडले बताए । उनीहरु पहिरो आउने डरले अहिले बालबच्चा काखमा च्यापी कोल्टी नजिकैको खेतमा गई बसेका छन् । भागाभागका क्रममा १५ वर्षीया अस्तमीता ओड घाइते भएकी छिन् । त्यस्तै, सोही एक महिलाको टाउकोमा गहिरो चोट लागेको छ । उनको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पकट पटक भिरबाट ढुुङ्गा खस्ने गर्दा पानी परेको दिनमा घरमा सुत्न समेत डर लाग्ने गरेको स्थानीय सर्पलाल गुरुङले बताए । उनले भने– ‘विगतमा एक दुई पटक स–साना ढुङ्गा झरेपनि यत्तिकै हो रोकी हाल्छ सोच्यौँ आजभोलि पानी प¥यो कि ठुलाठुला ढुङ्गा आउन थालेपछि गाउँमा बस्नै डर लाग्ने अवस्था सिर्जना भएको छ ।’

११ परिवार दलित र ७ परिवार जनजाति समुदायका बसोवास गरिरहेका सो ठाँउमा वि.सं. २०६८ सालमा समेत पहिरो आउँदा स्थानीयका दर्जन भन्दा बढी घर बगाउँनुका साथै घर बगाउनुका साथै पाँच जनाले ज्यान गुमाएका थिए ।

साफे मार्तडी सडक अवरुद्ध

एक साता यता परको अविरल वर्षाका कारण सदरमुकाम जोड्ने बर्षाले साँफे–मार्तडी सडक अबरुद्ध भएको छ । पहिरो र बाढीका कारण सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी सडक खण्डको १२ किलोमिटर अबरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा बाजुरा बासीले सास्ती बेहोर्नु परेको छ ।

सडक खण्डको ८ ठाँउमा ठूलो पहिरो गएको छ भने स–साना पहिरो दर्जनबढी ठाउँमा जाँदा गाडी गुड्नमात्र नभएर आवतजावत गर्न समेत निकै समस्या परेको स्थानीयको भनाइ छ ।

बुढिगंगा नदी थुनिएपछि…

साँफे मार्तडी सड्क खण्डको अम्कोटकमा गएको पहिरोले बुढिगंगा नदी थुनिएर सड्कको छेउमा कटान शुरु भएको छ भने नदी किनाराका बस्ती समेत जोखिममा परेका छन् ।

सदरमुकाम मार्तडीसम्म पक्कि सडक निर्माण पूरा गरिएको ४ महिना नवित्दै यसरी सडक भत्किएपछि मार्तडी, कोल्टी लगायतका बजारमा दैनिक उपभोग्य सामानको अभाब सिर्जना हुन थालेको छ भने उपभोग्य सामानको मूल्य समेत आकासिएको छ ।