बाजुरामा रुखको हाँगाले च्यापिएर २ को मृत्यु,एक जना घाईते

title
शनिबार, असार २३, २०७५

बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नं ३ गर्जेमा रुख हाँगाले च्याप्पिएर २ जनाको मृत्यु भएको छ । एक जना अबस्था गम्भिर रहेको जनाइएको छ ।

दुर्घटनामा परि २२ बर्षिया भिम बहादुर बोहरा र २३ बर्षिय धर्म बोहराको मृत्यु भएको हो । त्यस्तै खन्टे बोहरा घाईते भएका छन् ।

काठ चिर्न गएका बेला जंगलमा हावाहुरी चल्दा पाल टाँगेर सुतीरहेको बेला
रुखको हागाँ भाँच्चिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गम्भिर घाईते खन्टे बोहरालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको स्थानियले जनाएका छन् ।

घटनाको अनुसन्धानका भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सागर बोहराले बताएका छन् । घटनास्थल सदरम्ुकाम मार्तडीबाट १ दिनको पैदलदुरीमा रहेको छ ।