बाढी पहिरोले सडक अवरुद्ध, स्थानीयलाई सास्ती

title
शुक्रबार, भदौ २२, २०७५

बद्री पन्त, जाजरकोट
गत असारदेखि जाजरकोटको नलगाड नगरपालिका क्षेत्रका सडकमा यातायात अबरुद्ध छ । वर्षातसंगै बाढीे पहिरो, खाल्डाखुल्डी तथा खोलामा सडक पुल नहुदा लगाएत कारण सडकमा यातायात अवरुद्ध भएको छ । तीन महिना देखि यातायात अबरुद्ध हुदा नलगाड लगाएत बासिन्दालाई आवतजावतमा सास्ती भएको छ । लामो समयसम्म सडक सुचारु नहुँदा नगरपालिकामा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ढुवानी तथा अभाव हुन थालेको छ । सडक बन्द भएपछि स्थानीयवासी घण्टौं पैदलयात्रा गर्न बाध्य भएका छन् ।

बर्षाका कारण नलगाड भएर जाजरकोट-डोल्पा जाने सडकको चिसापानी देखि तल्लुबगरसम्मको करीब ३० किलोमिटर सडकको सिधा यातायात समेत अबरुद्ध छ । यस सडकको मनमै, बगारा, कायाखेत, मैदे, रग्दा लगायत स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको छ । यो संगै झुमरा खोला, नलसिंहगाड, ताँसुगाड, ताँत्र खोला, मैदे लगाएत खोलामा सडक पुल तथा जताततै पहिरोले अबरुद्ध भएपछि जीप चलाउन समस्या भएको छ । विभिन्न स्थानमा माथिबाट पहिरो खसेका तथा खोलामा सडक पुलको व्यवस्था नहुदा ठाउँठाउँमा जीप फस्न थालेपछि यातायात सेवा बन्द भएको नलगाड १२ का वडा अध्यक्ष लालबहादुर खत्रीले बताए ।

सडक अवरुद्ध हुँदा चामल, ग्यास, मैदा, तेललगायत उपभोग्य वस्तुको अभाव हुँदै गएको छ । दुर्गम गाउमा दैनिक उपभोग्य सामान आपुर्ती सहज नहुदा मुल्यबृदि बढेको छ । दुइ रुपैया प्रति केजी ढुवानी हुने सामान अहिले १४ देखि १५ रुपैया केजीमा ढुवानी हुने रग्दाका स्थानीय व्यापारी कर्णबहादुर बाँनीयाले बताए । पहिले स्टक रहेको सबै सामान सकियो । कसरी समान ल्याउने ? व्यापारीहरु दुखेसो पोख्छन् ।

नजिकिँदै गरेको चाडबाडमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन सडक खुलाउने प्रयास भइरहेको नगरले जनाएको छ । कच्ची सडकले गर्दा हिउँद र बर्खा दुबैमा नगरवासीले सास्ती खेप्नुपरेको छ । सामान पिठ्यूँमा बोकेर ल्याउनुपर्ने बाध्यता भएको छ । सडक बन्द भएपछि दैनिक उपभोग्य सामान र निर्माण सामग्री अभाव भएको छ ।

बाढी पहिरोका कारण छेप्का कैना सडक ३ महिनादेखि अबरुद्ध भएको छ । सडकको दर्जनौ स्थानमा पहिरो खसेर तथा झुमरा खोलामा आएको बाढीले सिस्नेरीमा १ किलोमिटर बढी सडक बगाएको छ । यो सडक तत्काल सन्चालनमा गर्न सकिने अबस्था छैन । छेप्का कैना सडकको पहिरो ब्यबस्थापन तथा सडकको स्तरोन्नति नहुदा यात्रु तथा विरामीलाई सास्ती भएको छ । दुर्गम गाउमा दैनिक उपभोग्य सामान आपुर्ती सहज नहुदा मुल्यबृदि बढेको छ । सडकमा नाली र ग्याबीङ्ग, मेसीनरी वाल लगाएत कार्यको दिगो नहुदा दिर्घकालिन रुपमा सडक सन्चालन समस्या भएको हो ।

नगर भित्रका छेप्का कैना सडक, छेप्का माझगाउ, चिसा अनापानी कल्पत, चिसा चिउरी डाडागाउ, कालिमाटी घुवारा पिपचौर, दल्ली वगारा तल्लुवगर, दानीपीपल खगेनकोट, मन्मै हलचौर, कायाखेत जिकुवा लगाएत सडक बन्द हुदा स्थानीयलाई नगरपालिकामा आउनजान समेत समस्या भएको छ ।