बाबुले गरे आफनै छोराको हत्या

title
बिहिबार, साउन १७, २०७५

भक्तपुर – लोहकिल्थलीस्थित रमाइलोचोकमा बाबुले छोराको हत्या गरेका छन्। स्थानीय शिवप्रसाद पौडेलको घरमा डेरागरी बस्ने ४० वर्षिय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षी सागर चापागाईंको बुधाबार हत्या गरेका हुन्।

आफुसँगै सुतीरहेका छोरा सागरको घाँटीमा धारिलो हतियार प्रहारगरी डिल्लीरामले छोराको हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएकाे छ ।

छोराको हत्यापछि हतियार समेत कोठामा छाडेर डिल्लीराम एक तल्ला माथिबाट हाम फालेर फरार भएका थिए। घटना लगत्तै फरार भएका डिल्लीरामलाई प्रहरीले राती नै नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्तमा राखिएको  छ ।

प्रारम्भिक सोधपुछका क्रममा डिल्लीरामले घरायसी विवादमा छोरोको हत्या गरेको खुल्न आएको र घटनाको थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएकाे छ ।