बारामा ट्रकले ठक्कर दिंदा एक मोटर साईकल चालकको मृत्यु

title
मङ्लबार, भदौ ५, २०७५

बारा । माल बहाक ट्रकले ठक्कर दिंदा एक मोटर साईकल महिला चालकको घटनास्थलमा नैं ज्यान गएको छ ।

मृत्यु हुनेमा बारा करैयामाई नगरपालिका ६ बस्ने वर्ष ३० की भिष्व कुमारी चौधरी मृत्यु भएकाे हाे ।

पथलैयाबाट ना ४२ प १२६३ नम्बरको मोटर साईकलमा आउदै गरेकी चौधरी काटघाट मन्दिर तर्फ मोडिदै गर्दा सोही दिशाबाट आई रहेको ना ५ ख २४०४ नम्बरको माल बाहक ट्रकले ठक्कर दिंदा उनको घटनास्थलमा नैं ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

ठक्कर दिने ट्रक समेत पल्टिएको र चालकलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।