
बारा– बारा २ को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाममा उपेन्द्र यादवलाई पछि पार्दै जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।
यसअघिसम्मको मतगणनामा यादव अग्र स्थानमा थिए । पछिल्लो मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् ।
त्यसैगरी नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत प्राप्त गरेका छन् ।