बार्सिलोनाको सर्घषपुर्ण जीत, मेस्सीले गरे निर्णायक गोल

title
आइतवार, फाल्गुन ५, २०७५

काठमाडौँ, फागुन ५ । स्पेनिस ला लिगा फुटलबल प्रतियोगितमा बार्सिलोनाले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई एक शुन्य गोल अन्तरले हरायोे । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले एक मात्र निर्णायक गोल गरे । उनले खेलको ४३औ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । यो जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिग तालिकामा ७ अंकको अग्रता बनाएको छ ।