बार्सिलोनालाई हराउँदै भ्यालेन्सिया च्याम्पियन

title
आइतवार, जेष्ठ १२, २०७६

एजेन्सी । स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । उपाधि भिडन्तमा बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो ।

शनिबार राति भएको उपाधि भिडन्तको बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । पराजयसंगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो । खेलमा अग्रता भ्यालेन्सियाले खेलको २१ औ मिनेटमा केभिन गेमिरोको गोलबाट लिएको थियो ।

३३ औ मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए । ७३ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन । च्याम्पियन्स लिगमा लिभरपुलसंग पराजित हुदै बाहिरिएको बार्सिलोनाले एक पिडा कोपा डेल रेमा भोग्य पर्यो ।

हारपछि समेत बार्सिलोनाका प्रशिक्षक जोसेप मारिया बार्टोमेउले प्रशिक्षक इर्नेस्टो भाल्भर्डेलेलाई अर्को सिजन नेउ क्यापको जिम्मेवारी दिने बताए । खराब सिजनपछि समेत क्लब अध्यक्ष जाेसेप प्रशिक्षककाे बचाउमा उत्रिएका हुन् ।