
काठमाडौं। सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालप्रसाद घिमिरेले अदालतविरुद्ध दिएका अभिव्यक्तिको प्रमाण झिकाउन आदेश दिएको छ ।
अध्यक्ष घिमिरेविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी निवेदनको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेको थियो।