बालबालिकामाथिको हिंसा अन्त्यका लागि अभियान संचालन गर्ने तयारी

title
आइतवार, माघ ६, २०७५

काठमाडौं । नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियान नै संचालन गर्ने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियाननै संचालन गर्ने घोषणा गर्नु भयो । त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना पनि अघि सार्नु भयो ।

महानगरीय परिसर, टेकूकै हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले शान्ति सुरक्षालाई सुदृढ बनाउने र समाजको विकासमा पनि योगदान गर्दै लैजाने योजना एकैसाथ अघि बढाउन चाहेको समेत स्पष्ट पार्नु भयो । प्रहरी महानिरीक्षक खनालले नेपालमा प्रहरी र नागरिक समाजबीचको सम्बन्ध विकसित देशहरुको भन्दा सुमधुर रहेको पनि बताउनु भयो ।