
काठमाडौं— सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।
६ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१२ देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयकाे भनाइ छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।