बालापनको यादमा अनुभव र सेड्रिना

title
सोमवार, साउन २१, २०७५

काठमाडौं । यस वर्षको प्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र‘नाई नभन्नु ल ५’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । बाल कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा अभिनित सार्वजनिक गीतमा बालापनको उमेरको बारेमा बयान गरिएको छ । ‘वालापनको उमेर’बोलको सार्वजनिक गीतमा समिक्ष्य अधिकारीको स्वर रहेको छ भने शब्द तथा संगीत बसन्त सापकोटाको रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

भदौ ८ गते प्रदर्शनमा आउने ‘नाई नभन्नु ल ५’लाई विकास आचार्यले निर्देशन गरेका हुन् । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् । नेपाली सिनेमाको इतिहाँसमा सर्वा्धिक सफल सिरिजको पाँचौं भाग ‘नाई नभन्नु ल ५’ लाई दर्शकहरुले व्यग्रतासाथ प्रतिक्षा गरि रहेका छन् । चलचित्रमा अनुभव रेग्मी र सेड्रिना शर्माको साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपालको मुख्य भूमिका छ । यो सिनेमाबाट अभिषेक नेपाल र सेड्रीना शर्माले डेब्यु गर्दैछन् ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।