बिकासका नाममा भ्रष्टाचार मौलाएको काग्रेस सभापति देउवाको आरोप

title
शनिबार, अशोज २०, २०७५

काठमाडौ । नेपाली काग्रेसका सभापति शेर वहादुर देउवाले बिकासका नाममा भ्रष्टाचार मौलाएको बताउनुभएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा सभापति देउवाले बिमानस्थलका नाममा रुख काट्न खोज्नु, बिमान खरिदमा अनियमितता हुनुले मुलुकमा बिकासका नाममा भ्रष्टाचार मौलाएको दाबी गर्नुभयो ।

रुख काटेर बिमानस्थल निमार्ण गर्ने काम वातावरणीय तवरले पनि उपर्युक्त नभएको भन्दै रुख काट्ने कार्य रोक्नुपर्ने बताउनुभयो । सरकारले मुलकमा त्रास सिर्जना गरेको भन्दै अब काग्रेसले बाध्य भएर आन्दोलन गर्ने अबस्था आउन सक्ने उहाले बताउनुभयो ।

सभापति देउवाले भातृ संगठन कमजोर भए पार्टी नै कमजोर हुने भन्दै मिलेर अघि बढ्न भातृ संगठनका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।