बिकास निर्माणको क्षेत्रमा भ्रष्टाचार मौलाएको (नेकपा)का वरिष्ठ नेता नेपालको आरोप ।

title
मङ्लबार, अशोज २, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पूर्वाधार बिकास निर्माणको क्षेत्रमा भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ ।

आज काठमाडौंमा आर्थिक बर्ष २०७४/७५ मा काठमाडौं जिल्लाका स्थानीय तहहरुबाट सम्पादित कार्यहरुको बार्षिक समिक्षा प्रगति कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले तोकिएका आयोजना समयमा निर्माण नहुनु, आयोजना निर्माणको म्याद थप हुनु, आयोजना सम्पन्न नगर्ने कम्पनीले पुन अर्को पूर्वाधार निर्माणको जिम्मा पाउनुले पूर्वाधार निर्माणको क्षेत्रमा भ्रष्टाचार देखिएको बताउनुभयो ।

उहाँले मुलुककका केहि स्थानमा निर्वाचन क्षेत्र निर्धारण गर्दा पनि दवाबमा परेर निर्धारण गरिएको बताउनुभयो ।

मापदण्ड, मुल्य र मान्यताबाट अघि बढ्दै मुलुकको बिकासका लागी गम्भीर हुन उहाँले जनप्रतिनिधीलाई आग्रह पनि गर्नुभयो ।

उहाँले काठमाडौ उपत्यकालाई धुलोमुक्त बनाई जनताको स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गर्नुभयो ।

जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा भएको कार्यक्रममा नेता नेपालले व्यवस्थीत बसोबासका लागि घर निर्माणको मापदण्डमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।