बिग बास लिगमा सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन, मेलबर्न प्लेअफमा प्रवेश

title
आइतवार, माघ २७, २०७५

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले तीन विकेट लिएपछि बिग बास लिगमा मेलबर्न स्टार्स प्लेअफमा छनोट भएको छ ।

लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्दै मेलबर्नले प्लेअफमा स्थान बनाउन सफल भएको हो । मेलबर्नलाई प्लेअफमा छनोट गराउन नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रर्दशन गरे ।

उनले महत्वपुर्ण तीन विकेट लिए । आठौँ ओभरमा टम कुरानलाई बोल्ड गरेका उनले १२औ ओभरमा बेन द्वारहुसीलाई आउट गर्न सफल भए । अन्तिममा उनले लायड पोपीलाई ५ रनमा बोल्ड गरे ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सिड्नी १४ ओभरमा अलआउट हुन पुग्यो । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको मेलबर्नले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।

यो जीतसंगै मेलवर्न १४ अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।