बिग बास लिग : सन्दीपको टीम उपविजेतामा सिमित

title
आइतवार, फाल्गुन ५, २०७५

काठमाडौँ, फागुन ५ । बिग बासमा लिगको उपाधि भिडन्तमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टीम मेलबर्न स्टार्स पराजित भएको छ । आईतबार रेनिगेड्ससंग उपाधि भिडन्तमा स्टार्स १३ रनले पराजित हुदै उपविजेतामा सिमित बन्यो । एक १ सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्सले ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र जोड्न सक्यो । स्टार्सका वेन डन्कले सर्वाधिक ५७ र मार्कोस स्टोनिसले ३९ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रेनिगेड्सले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनाउन सक्यो । रेनिगेड्सका टम कोपरले अविजित ४३ तथा ड्यानियल क्रिस्टियनले अविजित ३८ रन जोडे । नेपालका सन्दीपले किफायती बलिङ गरेपनि विकेट लिन भने सकेनन् । उनले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएका थिए ।