बिजुली बस आजबाट सञ्चालनमा आउँदै

title
मङ्लबार, कार्तिक ६, २०७५

काठमाडौं । साझा यातायातको सहकार्यमा आजबाट ‘बिजुली बस’ सञ्चालनमा आउने भएको छ ।
लुम्बिनी विकास कोषले एडिबीको आर्थिक सहयोगमा ल्याएका पाँचवटा बिजुली बसको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले यी बस चलाउने छ ।

बसमा चालक र यात्रु गरी २० जना सवार हुन सक्छन् । अपांगमैत्री रहेको बस एकपटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने जनाइएको छ । वातावरणमैत्री बसको उद्घाटन गरी प्रधानमन्त्री ओली त्यसमा चढेर यात्रा गर्ने तयारी रहेको छ । उद्घाटन कार्यक्रम साझा यातायात पुल्चोकमा हुँदैछ ।