बिप्लव माओवादीका ५ कार्यकर्ता पक्राउ

title
शनिबार, साउन १९, २०७५

ध्रुव ढकाल , सुनसरी – संंखुुवासभा स्थितअरुण तेस्रो जलबिधिुत परियोजनाको कार्यलयमा बम बिस्फोट गराउने सहित ५ बिप्लव माओवादीका कार्यकर्तालाई सुनसरीको ईटहरी बाट प्रहरीले पक्राउ गरेको छ ।

एक न.प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको टोलीले अरुण तेस्रोमा आगजनी र बम बिस्फोट गराउने डिबी सिलवाललाई पक्राउ गरेको हो ।

यस्तै इटहरी लगायतका ठाँउमा बम बिस्फोटमा संलग्न बिप्लवका कोशी इञ्चार्ज पुष्प कोइरालालाई समेत प्रहरीले इटहरीको हलगडा र सागर राई, छिरिङ शेर्पा र जनक निरौला लाई तरहरा आसपासबाट पक्राउ गरेको एक न.प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।
डिबी सिलवाल बिरुद्ध संंखुुवासभामा तिनवटा मुद्धाका फरार अभियुक्त हुन । यस्तै पुष्प कोइरालाको पनि सुनसरी र संंखुुवासभामा मुद्धा दर्ता भएका व्यक्ति हुन । उनिहरु बिरुद्ध बम बिस्फोट सम्बन्धि मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।