बिभिन्न देशको कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने श्रममन्त्री बिष्टको भनाई

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौ । सरकारले वैदेशिक रोजगारका क्रममा बिभिन्न देशमा कोमामा रहेका नेपालीहरुलाई स्वदेश ल्याई उपचार गर्ने भएको छ ।

सिंहदरबारमा बसेको प्रतिनिधीसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बिभिन्न देशमा कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याई उपचार गर्न कार्यदल समेत गठन गरेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल कोमामा छन् । त्यस्तै बिभिन्न देशको जेलमा रहेका नेपालीहरुलाई सहायता प्रदान गर्नका लागि सरकार जिम्मेवार र चिन्तित रहेको भन्दै उहाले कुनै पनि नेपाली नागरिक कानूनी प्रक्रियाको अभावमा निर्दोष हुँदा/हुँदै पनि बिदेशमा जेलमा बस्न नपर्ने बताउँनुभयो ।

वैदेशिक रोजगार प्रवद्र्धधन बोर्डको नाम परिवर्तन गर्दे ‘वैदेशिक रोजगार व्यवस्थापन बोर्ड’ राखिने र बैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थीत गर्ने जिकिर गर्नुभयो ।

बैठकमा समिति सदस्यहरुले बैदेशिक रोजगारको क्षेत्रमा देखिएका बिकृति र बिसंगति समाधानका लागि सरकार गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।