बिभिन्न माग राख्दै चिकित्सक संघ (गोदान)बाट काठमाडाैमा प्रदर्शन

title
मङ्लबार, माघ २९, २०७५

काठमाडौ । संघीय संरचनाअनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाउँदा डाक्टरको दरबन्दी संघमा राख्दै प्रदेश र स्थानीय तहमा आवश्यकताअनुसार खटाउन माग गर्दै आन्दोलनरत डाक्टरहरुले मङ्गलवार पनि काठमाडौमा प्रदर्शन गरेका छन् ।

उनीहरुले सरकारी चिकित्सक संघ (गोदान)को अगुवाइमा काठमाडौको माईतिघरमा प्रर्दशन गरेका हुन् । संघ र स्वास्थ्य मन्त्रालयबीच गत पुस २९ गते सहमति भएको थियो ।

संघले विगतमा सरकारसँग गरिएको सहमति विपरीत भएको समायोजन मान्य नहुने भन्दै आन्दोलन सुरु गरेको थियो । सरकारले आफुहरुका माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।