बिमस्टेक शिखर सम्मेलनले नेपालको प्रतिष्ठा बढाएको प्रधानमन्त्री ओलीको दाबी

title
मङ्लबार, भदौ १९, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गरेर नेपालको प्रतिष्ठा र क्षमता बढाएको दाबी गर्नुभएको छ ।
बिमस्टेक सम्मेलनबारे आज प्रतिनिधीसभा बैठकलाइ जानकारी गराउँदै प्रधानमन्त्री ओलीले यस शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता र क्षमतासमेत वृद्धि गरेको बताउनुभयो ।

नेपालले विमस्टेक सम्मेलन सावधानीका साथ आयोजना र सञ्चालन त्रुटिरहित तवरले गरेकाले प्रभावकारी र सफल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

बिमस्टेक सम्मेलनका अवसरमा म्यानमार र श्रीलंकाका राष्ट्रपतिसँग द्विपक्षीय भ्रमण र भारतका प्रधभामन्त्री नरेन्द्र मोदीसँग बिमस्टेकबाहेकका दुई देशका विभिन्न पक्षबारे कुराकानी भएको उहाँले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले सम्मेलनबाट सदस्य राष्ट्रहरुबीच तनाब नभई सहजताका साथ भावी दिशा र गन्तव्यमा अघि बढ्ने साझा निष्कर्ष निकालिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शिखर सम्मेलनबाट जारी काठमाडौं घोषणापत्रमा साझा निष्कर्षका साथै थुप्रै क्षेत्रहरु ओगटेको जिकिर गर्नुभयो ।

सम्मेलनका अवसरमा उर्जा क्षेत्रमा सहयोग, व्यापार प्रवर्धनको समझदारी भएको, विद्युत् उत्पादनको प्रयोग गरेर भारतलगायत बिमस्टेक सदस्य राष्ट्रयलाई बिक्री गर्ने वातारण खुलेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

भदौ १४ र १५ गते काठमाडौंमा आयोजना भएको बिमष्टेक सम्मेलन १८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको थियो ।