बिम्स्टेक सम्मेलन सफल भएको प्रधानमन्त्री ओलीको निष्कर्ष

title
सोमवार, भदौ १८, २०७५

काठमाडौ । सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफल भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यतामा सिंहदरबारमा बसेको बिम्स्टेक मुल आयोजक समितीको बैठकले बिम्स्टेकको चौथो शिखर सम्मेलन सफल भएको भन्दै सफल बनाउन सहयोग पु¥याउने सबैलाई धन्यवाद पनि दिएको छ । छलफलमा प्रधानमन्त्री ओलीले सम्मेलन सफल पार्न सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिनुभएको बैठकपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

सम्मेलनलाई भव्य रूपमा सफल पार्न प्रभावकारी भूमिका निर्वाह गर्ने आयोजक समितिका सदस्य, स्थानीय एवं प्रदेश सरकार, नागरिक तथा सञ्चारमाध्यमलाई पनि प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभएको उहाँले बताउनुभयो । सम्मेलनका क्रममा भएका दुईपक्षीय छलफल पनि निकै फलदायी रहेको बैठकले निष्कर्ष निकालेको परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो

१८ बुँदे घोषणापत्र जारी गर्दै बिम्स्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौँमा सम्पन्न भएको थियो ।