बिम्स्टेकमा सहभागी हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आउनेक्रम सुरु

title
मङ्लबार, भदौ १२, २०७५

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आउनेक्रम सुरु भएको छ ।

यही भदौ १४ र १५ मा काठमाडौंमा हुने सम्मेलनमा भाग लिन आज म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्टलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

राष्ट्रपति मिन्ट भोली लुम्बिनी जाने कार्यक्रम छ । बिम्स्टेक सम्मेलनका सहभागी हुनेक्रममा म्यानमार र श्रीलंकाका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्यान्ड राष्ट्र सम्मिलित बिम्स्टेकको अध्यक्ष राष्ट्रकारुपमा सन् २०१४ देखि नेपाल रहेको छ । यो पटकको शिखर सम्मेनको नारा ‘शान्ति, समृद्धि र दीगो बंगालको खाडी’ भन्ने रहेको छ ।