बिराटनगर महानगरपालिका कार्यालयमा बम बिस्फोट, एक जना घाइते, मेयर भीम पराजुली गाडी क्षतिग्रस्त

title
आइतवार, साउन २७, २०७५

अविजाल बिष्ट/मोरङ । मोरङको बिराटनगर महानगरपालिका कार्यालय परिषरभित्र बम विस्फोट हुँदा एक जना घाइते भएका छन ।

दिउसो २ बजेतिर भएको बम बिस्फोटबाट महानगरपालिका कर्मचारी शिवचन्द्र ठाकुर घाइते भएका छन । बिस्फोट मेयर भीम पराजुली चढ्ने को १ झ ४९४ नम्बरको गाडी क्षतिग्रस्त भएको छ । घटनापछि कार्यालयको सेवा अबरुद्ध भएको छ ।
बिस्फोट कसले र किन गरायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।