‘बिर बिक्रम–२’ आकाशको ठाउँमा पल अनुबन्धित

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रमा इन्ट्री र आउट हुने एक किसिमको ट्रेण्ड जस्तै बनेको छ । पहिला चलचित्रका लागि साइन गर्ने विस्तारै विविध कारण देखाउँदै छोड्ने क्रमले नेपाली चलचित्रमा तीव्रता पाएको हो ।

निर्माण घोषणा हुँदा एक कलाकार फाइनल हुने तर फ्लोरमा जाने बेलासम्म अर्कै कलाकार अनुबन्धित हुने अवस्था चलिरहेको छ । यसै क्रममा मिलन चाम्सको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिर बिक्रम २’मा पनि यस्तै अवस्था देखिएको हो ।

अभिनेता आकाश श्रेष्ठलाई लिएर चाम्सले ‘बिर बिक्रम २’ बनाउने घोषणा गरेका थिए । तर फ्लोरमा जाने दिन नजिकिदै गर्दा अभिनेता आकाशले फिल्मबाट हात झिकेका छन् । आकाशले हात झिके सँगै उनलाई अर्का अभिनेता पल शाहले रिप्लेस गरेका छन् । पलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् भने विकासले आफ्नो विविध कारण देखाउँदै पन्छिएका छन् ।

आकाशले आफ्नो साम्जिक सन्जाल फेसबुक मार्फत फिल्मबाट हात झिकेको जानकारी गराएका छन् । उनले फिल्म छोड्नुको कारण हजुरबुवाको अस्वस्थता देखाएका छन् । आकाशले उक्त स्टाटसमा निर्माता तथा निर्देशक मिलन चाम्सलाई ट्याग पनि गरेका छन् ।

आकाशले फिल्म छोडे सँगै अब चलचित्रमा ‘बिर’ को भूमिका पल शाहले निभाउने छन् । फिल्मका लागि नाजिर हुसेन र बर्षा सिवाकोटी यस अघी नै अनुबन्धन भइसकेका छन् । नाजिरले यस अघी ‘बिर बिक्रम’ मा पनि काम गरिसकेका थिए । चलचित्र चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आईको ब्यानरमा बन्न लागेको हो ।