बीमा विधयेक संसदमा पेश

title
आइतवार, साउन १३, २०७५

काठमाडौँँ । सरकारले बीमा विधयेक संसदमा पेश गरेको छ ।

प्रतिनिधीसभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बीमा बिद्ययेक पेश गर्नुभएको हो । बीमा क्षेत्रलाई व्यवस्थित र स्वस्थ प्रतिस्पर्धाबाट अघि बढाउने तथा बीमितको हक हित रक्षाका लागि भन्दै बिद्ययेक ल्याईएको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

विदेशी लगानीमा खुलेका बीमा कम्पनीलाई फर्केर जाऊ भन्न सक्ने अवस्था नरहेको समेत अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

बिद्ययेकमाथि नेमकिपाका सांसद प्रेम सुवालले बिरोधको सूचना दर्ता गर्नुभएको थियो । नयाँ बिधेयकमा बीमा समितिलाई प्रधिकरणमा रुपान्तरण गरिने ब्यवस्था गरिएको छ ।
विधेयकमा भएको ब्यवस्था जस्ताको त्यस्तै पारित भएमा समितिका बर्तमान अध्यक्ष तथा सञ्चालक समिति सदस्यहरु पदमुक्त हुने छन् ।