बुढासुब्बा रेडवुल गोल्डकपको सम्पुर्ण तयारी पुरा

title
बिहिबार, माघ २४, २०७५

ध्रुव ढकाल । सुनसरी-वुढासुब्बा रेडवुल गोल्डकपको २१औ संस्करण माघ २६ गते देखी फागुन ४ गते सम्म धरान रंगशालामा हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटवल क्लवले बिहिवार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । गोल्डकपको २१औं संस्करणमा दुई अन्र्तराष्ट्रिय, मोफसलका ३ र ए डिभिजनका ३ क्लबको सहभागिता रहने धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिनु भयो ।

प्रतियोगिताको विजेताले नगद ८ लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उप विजेताले नगद ४ लाख सहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार नगद प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

त्यस्तै सर्वाधिक गोलकर्ताले भने नगद ३५ हजार पाउने छन् । प्रतियोगिताका उत्कृट खेलाडीलाई डिइयो स्कुटर प्रदान गरिनेछ । प्रतियोगितको उद्घाटन खेलमा लिग उपविजेता संकटा र मेची नेत्रलय आमने समाने हुने छन् ।