बृद्धि गरेको कर फिर्ता नलिए आन्दोलनमा उत्रने राजपा पर्साको चेतावनी

title
सोमवार, साउन १४, २०७५

आविद हुसेन/पर्सा । बीरगञ्ज महानगरपालिकाले जनताको हित विपरित बृद्धि गरेको कर फिर्ता नलिए आन्दोलनमा उत्रने राष्ट्रिय जनता पार्टी पर्साले चेतावनी दिएको छ ।

महानगरपालिकाले वृद्धि गरेको कर जनतालाई शोषण गर्ने अभिप्रायले आएको राजपा पर्साले दावी गरेको छ । आज सम्पन्न पत्रकार सम्मेलनमा राजपाका महासचिव राजेशमान सिंहले जनतालाई थप सेवा सुविधा दिनु पर्नेमा कर बृद्धि गरेर महानगरले जनताको हितविपरित काम गरेको बताउनुभयो ।

महानगरले बृद्धि गरेको कर तत्कालै फिर्ता नगरे सडक आन्दोलनमा उत्रने चेतावनी समेत उहाँले दिनुभयो ।