बेगनासतालमा डुंगा दुर्घटना, दुर्इको मृत्यु तीन वेपत्ता

title
शनिबार, भदौ २३, २०७५

२३ भदौ, काठमाडौँ । कास्कीको बेगनासतालमा ९ जना सवार डुंगा पल्टिँदा दुर्इ जनाको मृत्यु भएको छ । डुंगामा सवार ९ जनामध्ये ४ जनाको उद्दार गरिएको छ भने तीन जना अझै बेपत्ता भएका छन् ।

उद्दारका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले बताएका छन ।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर खान आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको स्थानीयले जानकारी दिए ।

डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन ।