बेगनास तालमा हराइरहेका ६ जनाको खोजी जारी

title
आइतवार, भदौ २४, २०७५

कास्की – बेगनास तालमा डुङ्गा पल्टिँदा हिजोदेखि हराइरहेका ६ जनाको खोजी भइरहेको छ । दर खाएर फर्किने क्रममा डुंगा डुब्दा २ जनाको मृत्यु भएको थियो भने ६ जना हराइरहेका छन् ।

दुर्घटनामा ४ वर्षका रञ्जित गैह्रे, ५ वर्षका प्राचिन पौडेल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, अन्दाजी १८ वर्षकी मनिषा बजगाँर्इ र ३२ वर्षका रवी खनाल, बेपत्ता रहेको र गोताखोरको टोलीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बेगनासताल पारी दर खाने कार्यक्रममा जाँदै गर्दा डुंगामा रहेका एकजना बालक तालमा खसेपछि उनलाई बचाउन खोज्दा डुंङ्गा अनियन्त्रित भएर डुबेको प्रहरीले जनाएको छ ।

डुंगा डुब्दा पोखरा २८ की कृष्णकुमारी वजगाँई र तनहुँ भिमादकी जमुना कँडेल गैह्रेको मृत्यु भएको हो ।